म्यान्चेस्टर युनाइटेडलाई दोस्रो स्थानमा ५ अंकको अग्रता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 174 पटक हेरिएको

फागुन २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले तेस्रो स्थानको लिभरपुललाई पराजित गरेको छ ।

जितसँगै युनाइटेडको दोस्रो स्थानमा स्पष्ट ५ अंकको अग्रता भएको छ । घरेलु मैदान ओल्ड ट्राफोटमा मार्को रासफोर्ड चम्किएपछि युनाइटेडले लिभरपुलमाथि २–१ गोलअन्तरको जित हासिल गरेको हो ।

करिव साढे २ महिनापछि युनाइटेडको प्लेइङ सेटमा परेका रासफोर्डले १४औं मिनेटमा रोमेलु लुकाकुको पासमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

त्यसको १० मिनेटपछि उनले अर्को गोल थपे र, युनाइटेडले पहिलो हाफमा २–० को अग्रता बनायो ।

दोस्रो हाफमा लिभरपुलले उपहार गोलमार्फत अग्रता छोट्याए पनि अरु गोल गर्न सकेन । ६६औं मिनेटमा युनाइटेडका इरिक बेलीले लिभरपुलका साडियो मेनको क्रस क्लियर गर्न लाग्दा आफ्नै पोष्टमा गोल गरेका थिए ।

त्यसयता लिभरपुलले थप गोल गर्न सकेन र लिगको दोस्रो स्थानमा उक्लने अवसरबाट चुक्न पुग्यो ।

प्रिमियर लिगको शीर्ष स्थानमा २९ खेलबाट ७८ अंकसहित म्यान्चेस्टर सिटी यथावत छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey