एसईई फुट्सलकाे उपाधि समृद्धि कलेजलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०६
  • |
  • 350 पटक हेरिएको

आयोजक नाइटिङगेल कलेजलाई हराउदै समृद्धि कलेजले एसईई फुट्सल कप २०७६ को उपाधि हातपारेको छ ।

कुपोण्डोको सानेपालस्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानामा सम्पन्न प्रतियोगितामा आठ टिमलाई पछाडी पार्दै समृद्धि कलेजले उपाधि जितेकाे हाे । फइनल खेल १-१ को बराबरी भए पछि ट्राइब्रेकरमा समृद्धिले जितेको हाे ।

उपाधि संगै उन्ले २० हाजार नगद सहित ट्रफि र प्रमाण पत्र हातपारे । दोस्रो भएको नाइटिङ्गेल १० हजारमा चित्त बुझायाे ।

प्रतियोगिताको उत्कृष्ठ खेलाडी समृद्धि पल्स टु का चन्दनकुमार दास घोषित भए भने उत्कृष्ठ गोल रक्षक नाइटिङगेल कलेजका निखिल कार्की तथा हाइऐस्ट स्कोरर पनि नाइटिङगेलकै पुकार बलामी घोषित भए ।

उनिहरुलाई प्राइज र गिफ्टह्याम्पर सहित आयोजक नाइटिङगेल कलेजका संस्थापक तथा सांसद तेजुलाल चौधरीले ११ कक्षामा अध्यनगर्न छात्रबृति दिने बताए ।

संस्थापक चौधरीले अबका दिनमा नाइटिङगेलले कलेजका बिद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरका फुट्सल मैदान, कि्रकेट प्रशिक्षण, टेबलटेनिस र भलिबल प्रशिक्षण समेत गराएर राष्ट्रियलाई प्रतिभावान खेलाडी दिने प्रतिबद्धता ब्यक्त गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal