Prabhu Bank

रियल मड्रिडको जितमा रोनाल्डोको २ गोल

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 2 पटक हेरिएको

फागुन २६। सुपरस्टार क्रिष्टियानो रोनाल्डोको २ गोलको सहयोगमा स्पेनिस ला लिगामा रियल मड्रिडले इवारमाथि २–१ गोलको जित आत्मसाथ गरेको छ ।

जितसँगै रियलले दोस्रो स्थानको एथ्लेटिकोसँगको अंकदूरी छोट्याएको छ । २८ खेलबाट रियलको ५७ अंक भएको छ भने एक खेल कम खेलेको एट्लेटिकोको ६१ अंक छ ।

शनिबार इवारको घरेलु मैदानमा पाहुना टोलीका लागि क्रिष्टियानो रोनाल्डोले सुरुआती गोल गरेका थिए । उनले ३४औं मिनेटमा लुका मोड्रिकको पास सदुपयोग गरेका थिए ।

रियलको पहिलो हाफको अग्रता दोस्रो हाफको सुरुमै तोडियो । ५०औं मिनेटमा इभान रामिसले घरेलु टिमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

तर, खेलको नियमित समय सकिनु ६ मिनेट अघि रियल मड्रिडका लागि रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै २–१ को जित निश्चित गराए । उनले ड्यानियल कार्भाजलको पासमा गोल गरेका हुन् ।

भर्खरै

Advertisement