एसईई फुटसल कप शुरु, नाइटिङ्गेल कलेज विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०५
  • |
  • 270 पटक हेरिएको

नाइटिङ्गेल कलेज एसईई फुटसल कप  २०७६ शुरु भएको छ । यस प्रतियोगितामा आयोजक नाइटिङगेल कलेज लगायत उपत्यकामा एसईई दिइएर बसेका विद्यार्थीहरुको ८ वटा टिमको सहभागीता रहेको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरु खेलिरहेका छन् ।

कुपण्डोल सानेपा स्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा प्रतियोगिता नकआउटको आधारमा संचालन भइरहेको छ ।
प्रतियोगिताको विजेताले २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

साथै टीम विजेतालाई त्यस कलेजको कक्षा ११ मा पूर्ण छात्रवृतिमा अध्ययन गर्न पाउनेछ । यस्तै विद्यागत तर्फ बेष्ट प्लेयर बेष्ट किपर र हाइस्कोररलाई प्रोत्साहन स्वरुप १ हजार नगर पुरस्कार, मेडल र सर्टिफिकेट प्राप्त गरिने आयोजकले जानकारी दिइएको छ ।

विहीबार भएको खेलमा नाइटिङ्गेल कलेज, श्रीटिका, फाईभस्टार फुटसल र डिभाइन फुटबल क्लबले बिजयी शुरुआत गरेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey