सुपर लिग क्रिकेटको उपाधि खुकुरी क्लवलाई, शिवशक्ति क्लव १९२ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 147 पटक हेरिएको

फागुन २६ । रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ । फाइनलमा शिवशक्ति क्रिकेट क्लबलाई एक सय ९२ रनको फराकिलो अन्तरले हराउँदै खुकुरी क्लवले उपाधि जितेको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा भएका फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको खुकुरी क्लबले ४९ ओभर चार बलमा दुई सय ९० रन बनायो ।

उसका लागि प्रज्वल क्षेत्रीले ६९, अन्तिम थापाले ६५ र प्रकाश जैशीले ४३ रनको योगदान गरे । बलिङ्गमा शिवशक्तिका कृष्ण कार्की, विष्णु कटरीया र हर्जीत सिहले समान दुई दुई विकेट लिए ।

दुई सय ९१को लक्ष्य पक्ष्याएको शिवशक्ति क्रिकेट क्लब २७ ओभर दुई बलमा मात्र ९८ रनमा अलआउट भयो । शिवशक्तिलाई सस्तैमा रोक्न खुकुरीका सहाब आलमले सात विकेट, मान बहादुर थापाले दुई विकेट लिए ।

प्रतियोगिताका उत्कृट ब्याट्सम्यान न्यू होराइजनका नुरुधोज सेन, उत्कृष्ट बलर न्यू होराइजनकै सुशान्त भारी र म्यान अफ द सिरिज शिवशक्ति क्रिकेट क्लबका कृष्ण सेन घोषित भए ।

प्रतियोगिताको विजेता खुकुरी क्लवले ७० हजार र शिवशक्तिले ३५ हजार रुपैया पायो । रुपन्देही क्रिकेट संघको आयोजनामा फागुन एक गते देखि चलेको लिगमा जिल्लाका २१ टिमको सहभागिता थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey