राष्ट्रिय तेक्वान्दो ५ गतेदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०३
  • |
  • 631 पटक हेरिएको

काठमाडौं, ३ असार । नेपाल तेक्वान्दो संघ प्रदेश तीनले बिहीबारदेखि राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रदेश तीन तेक्वान्दो संघ गठन भएपछि पहिलो पटक प्रतियोगिता हुन लागेको हो ।

जस अनुसार असार ५ गते प्रथम राष्ट्रिय ग्यारोगी तथा पुम्से च्याम्पियनसिप तेक्वदो संघको हल सातदोबाटोमा आयोजना हुने पनि मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

ग्यारोगीमा पुरुष तर्फ ९ र महिला तर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ । पुम्सेमा एकल, जोडी र समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा प्रत्येक प्रदेशबाट एक एक जना खेलाडीले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिताको लागत करिब २५ लाख रुपैयाँ रहेको पनि पत्रकार सम्मेलनमा अध्यक्ष केशब पुरिले जानकारी दिए ।

यसैगरी खेलाडीहरुको प्रतियोगिता अवधिभरका लागि १ लाखको दुर्घटना विमा पनि गरिएको छ ।

उद्घाटनका दिन हालै दोस्रो श्रेणीको रेफ्रीमा बढुवा भएका नविनकुमार श्रेष्ठ, ओलम्पियपन संगिना बैद्य र दीपक विष्ट, राखेप तालिम तथा प्रशिक्षण विभाग प्रमुख भएका अर्जुन विक, एन्फा महासचिब इन्द्रमान तुलाधर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक ईश्वरमान बज्राचार्य, एसियाली तथा दक्षिण एसियाली पदक विजेता मनिता शाही, आयषा साक्य, कोशिष खड्का, अशोक कुमार लामा र वरिष्ठ खेल पत्रकार श्याम चित्रकारलाई सम्मान गर्ने जनाइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey