नेपालबिरुद्ध विकेट लिएसँगै अफगानी पूर्व कप्तान नावीले बनाए कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 234 पटक हेरिएको

फागुन २६, काठमाडौं । जिम्बावेमा जारी एकदिवशीय विश्वकप छनोट प्रतियोगिताको समूह बीबाट नेपाल र अफगानिस्तानले प्रतिस्पर्धा गरिरहेका छन् ।

टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपालबिरुद्धको खेलमा विकेट लिएसँगै अफगानिस्तानका पूर्व कप्तान तथा अलराउण्डर मोहम्मद नावीले एकदिवशीय क्रिकेटमा १०० विकेटको कोशेढुंगा पार गरेका छन् ।

उनी १०० विकेट लिने पहिलो अफगानी बलरसमेत बनेका छन् । खेलको २८.५ ओभरमा ७५ रनको स्कोरमा खेलिरहेका नेपाली कप्तान पारस खड्कालाई आउट गर्दै नावीले एकदिवशीय क्रिकेटमा एक सयौं विकेट लिएका हुन् ।

त्यसपछि ३२.४ ओभरमा उनले रोहित कुमार पौडेलको पनि विकेट लिए । त्यसपछि ४५अाैं अाेभरकाे चाैथाे र पाँचाैं बलमा उनले अारिफ शेख र साेमपाल कामीलार्इ अाउट गरे ।

सन् २००९ देखि अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेलेका ३३ वर्षीय नावीले ९५ एकदिवशीय क्रिकेटमा १०३ विकेट लिएका छन् । त्यस्तै ब्याटिङतर्फ २ हजार २११ रन बनाएका छन्, जसमा १ शतक र ११ अर्धशतक सामेल छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey