नेपालले एकदिवसीय मान्यता पाउनसक्ने अन्तिम बाटो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 266 पटक हेरिएको

एकदिवसीय मान्यता पाउने २ टोली लगभग पक्का हुँदा अब नेपाल, हङकङ र पिएनजीमध्ये एक टिमले एकदिवसिय मान्यता पाउने मौका बाँकि छ ।

स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ । यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ ।

सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन्,भने हार्ने दुईले नवौं स्थानका लागि आमनेसामने हुनेछन् ।

यदि प्लेअफको पहिलो खेल जितेमा सातौं स्थानका लागि हुने खेल पनि जितेर एकदिवसीय मान्यता पाउन सकिन्छ । त्यसका लागि स्कटल्याण्डजस्तै युएई र हङकङ दुवै सुपरसिक्समा पुग्नुहुँदैन, एक टिम असफल हुनुपर्छ ।

अब नेपालले सुपरसिक्समा पुग्न हङकङलाई भारी अन्तरले हराएर रनरेटमा अगाडी आउन जरुरी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey