पुर्वाधार बाहेक सागको तयारी खर्च अनुमानित ५ अर्ब २६ करोड रुपैयाँ

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०३-०१
  • |
  • 212 पटक हेरिएको

नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद सागको बजेट निर्धारण उपसमितीले ५ अर्ब २६ करोड रुपैयाँ अनुमानित बजेट निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजनमा गठित उपसमितीले सागको पूर्वाधार बाहेकको तयारीका लागि यो बजेट निर्धारण गरेको हो । आगामी डिसेम्बरमा काठमाडौं र पोखरामा आयोना हुने सागको पुर्वाधारका लागि भने छुट्टै १५ अर्व रुपैयाँ मन्त्रालयले माग गरेको छ । पुर्वाधार बाहेक टिम तयारी, यातायात, बासस्थान, खानेकुरा लगायतका लागि सो उपसमितीले यो बजेट निकालेको हो ।

उपसमितीका संयोजक तिम्सिनाले बजेटका खाका आइतबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई बुझाउदै छन । २७ खेल सम्मिलित साग गेम्स मंसिर १५ देखि २७ गतेसम्म हुँदैछ । जसका लागि पुर्वाधारको काम पनि भइरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey