Prabhu Bank

अफगानिस्तानबिरुद्ध पारसको अर्धशतक

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 1 पटक हेरिएको

फागुन २६, काठमाडाैं । जिम्बावेमा जारी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले अहिले अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका हुन् । २१.१ अाेभरमा अफगानी कप्तान रशिद खानकाे बलमा चाैका हान्दै पाएसले ५० रन पूरा गरेका हुन् ।  ५७ बल खेलेर पारसले ७ चौका र १ छक्का प्रहार गरे ।

३.६ ओभरमा टिमको स्कोर १३ रन हुँदा ओपनर अनिल साह आउट भएपछि आएका पारसले ज्ञानेन्द्र मल्लसँग मिलेर ६९ रनको साझेदारी गर्दै आफ्नो अर्धशतक पूरा गरे ।

लिष्ट ए क्रिकेटमा पारसको यो आठौं अर्धशतक हो । उनी लिष्ट एमा १ हजार र पार गर्ने पहिलो नेपाली ब्याट्सम्यान पनि हुन् ।

यसअघि प्रतियोगिताकै आफ्नो दोस्रो खेलमा पारसले स्कटल्याण्डबिरुद्ध ६३ रनको पारी खेलेका थिए ।

भर्खरै

Advertisement