अफगानिस्तानबिरुद्ध खेल्ने नेपाली टिममा दुई परिर्वतन

0

फागुन २६, काठमाडौं । जिम्बावेमा जारी एकदिवशीय विश्वकप छनोट अन्तर्गत अफगानिस्तानबिरुद्धको खेलमा नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ ।

शरद भेषावकर र दिलिप नाथको स्थानमा करण केसी र अनिल साहले अफगानिस्तानबिरुद्ध खेल्नेछन् ।

यसअघि जिम्बावे र स्कटल्याण्डबिरुद्धको खेलमा पराजय ब्यहोरेको नेपालका लागि सुपर सिक्समा स्थान बनाउन तथा कम्तिमा एकदिवशीय मान्यता पाउन आजको खेल जित्नैपर्ने दवाव छ ।

यसै अनुसार नेपालका प्रशिक्षक जगत टमाटाले दुई खेलाडी परिवर्तन गरेका छन् । जसअनुसार विकेटकिपर ब्याट्सम्यान दिलिप नाथको स्थानमा अनिल साहले नेपालको विकेटकिपिङका साथै ओपनरको रुपमा ज्ञानेन्द्र मल्लको जोडीका रुपमा आउनेछन् ।

त्यस्तै अनुभवी खेलाडी शरद भेषावकरलाई आराम दिइएको छ । उनको स्थानमा बलिङ अलराउण्डर करण केसी खेल्नेछन् ।

नेपालले यसअघि बुलावायोको क्वीन्स स्पोर्टस क्लवको मैदानमा खेलेको थियो । सुरक्षाका कारण देखाउँदै आईसीसीले अफगानिस्तान र नेपालबीचको खेल बुलावायो एथ्लेटिम क्लवको पीचमा खेलाउने निधो गरेपछि विकेटको कण्डिसन अनुसार टिममा फेरबदल गरिएको हो ।

Post Add 1025X115
Loading...