स‌ंसदमा सांसदकाे प्रश्न खेल विकासका कार्यक्रम खै ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२८
  • |
  • 147 पटक हेरिएको

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ ।

उक्त विधेयक अन्र्तगत आजको बैठकमा युवा तथा खेलकूद मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो । बैठकमा भाग लिँदै सांसद प्रदीप यादवले प्रादेशिक शहरी विकास र खेलकूदको विकासमा बजेटले पर्याप्त ध्यान नदिएको भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

सांसद डा डिला सङ्ग्रौलाले वितरणमुखी बजेटले युवालाई सीपमूलक र आयमूलक कार्यक्रममा ध्यान नदिएको टिप्पणी गर्दै युवा स्वरोजगार कार्यक्रमलाई सातै प्रदेशमा विस्तार गरी युवा पलायन रोक्नुपर्ने बताइन्।

सांसद सत्यनारायण शर्मा खनालले बजेटमा खेलकूद र शहरको विकासका लागि उल्लेखनीय योजनाबद्ध कार्यक्रम नभएको बताउँदै रोजगारीका लागि विदेश पलायन भइरहेका युवाका लागि रोजगारी कार्यक्रम खै भनी प्रश्न गरे ।

सांसद देवेन्द्रराज कँडेल र गोपालबहादुर बमले बजेटमा खेल विकास र खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम नभएको भनी टिप्पणी गरेका छन् । सांसद महेश्वरजङ्ग गहतराजले पश्चिममा क्रिकेटका लागि बजेट विनियोजन भएकामा अर्थमन्त्रीलाई धन्यवाद दिए ।

 सांसद यज्ञबहादुर बोगटीले सन्तुलित विकासका लागि बजेट सन्तुलित नभएको आरोप लगाउँदै अछाम जिल्लामा खेदकूद विकासका लागि कुनै बजेट नभएको भनी अर्थमन्त्रीको ध्यानाकर्षण गराए । रासस

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal