पिएसजीले नेयमारलाई नबेचे युईएफएको कारवाहिमा पर्नसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 223 पटक हेरिएको

फागुन २६ । पेरिस सेन्ट जर्मनले स्टार खेलाडी नेयमारलाई बेच्नै पर्ने दबाव सिर्जना भएको छ । बार्सिलोनाबाट १ सय ९८ मिलियन पाउण्डमा यहि सिजनको सुरुवातमा पिएसजीले किनेको थियो ।

तर पिएसजीले किलियन बाप्पेलाई १ सय ६० मिलियन पाउण्डमा किन्ने मनसाय गरेको छ । यदि बाप्पेलाई अनुबन्ध गरेमा यूइएफएको फाइनान्सियल फेयर प्ले अनुरुप चल्ने हो भने उसले नेयमारलाई बेच्नु पर्ने छ ।

बाप्पेलाई किनेर नेयमारलाई पनि क्लबमै राखे पिएसजीलाई युइएफले कारबाही गर्नेछ । कारवाहि अनुसार पिएसजीले केहि सिजनका लागि कुनैपनि खेलाडी अनुबन्ध गर्न पाउनेछैन ।

यस सिजन पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना लक्ष्यका साथ नेयमारलाई महङगो रकममा अनुबन्ध गरेको थियो । तर यहि साता रियल म्याड्रिडसँग पराजित हुँदै पिएसजीको च्याम्पियन्सबाट बाहिरीसकेको छ ।  नेयमार भने घाइते भएका कारण सो खेलमा उपस्थिति नै जनाउन पाएनन् । नेयमार अझै ३ महिना मैदान बाहिर हुनेछन ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal