बजेट छलफल : सांसद शाही  भन्छिन्  ‘खेलकूदमैत्री बजेट आएन’ 

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२८
  • |
  • 192 पटक हेरिएको

काठमाडौं, २८ जेठ । संघीय संसदमा युवा तथा खेलकूद मन्त्रालयको आर्थिक वर्ष २०७६–७७ को बजेटमाथिको छलफल शुरु भएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज भुषालले नयाँ आर्थिक बर्षको बजेट विनियोजन गर्दा युवा तथा खेलकूदमन्त्रालयका लागि ३ अर्ब ९९ करोड रुपैयाँ छुट्याएका छन् ।

सोही बजेटमाथि मंगलबार नेपाली कांग्रेस हुम्लाकी सांसद रंगमती शाहीले बजेट युवा तथा खेलकूदमैत्री नभएको आरोप लगाइन् । उनले सातै प्रदेशमा खेलकूद एकेडेमी बनाउनु पर्नेमा बजेट मौन रहेको आरोप पनि लगाइन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका नेपाली खेलाडीहरुलाई मासिक भत्ता उपलव्धु गराउन माग गरिन् ।

नेपालमा अझैपनि खेलेर गरिखाने वातावरण बनिनसकेकाले पनि नेपाली खेलाडीहरु पलायन हुनु पर्ने बाध्यता रहेकाले त्यसको अन्त्यका लागि पनि बजेटमा यो ब्यवस्था समेट्न माग गरिन् ।

वर्तमान बजेटले खेलकुदमा निजी क्षेत्रलाई आकर्षण गर्न नसकेको गुनासो गर्दै एक स्कूल एक खेल मैदान बनाउने गरि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् । यसैगरी प्रशिक्षक उत्पादन गर्ने खालको बजेट पनि नआएको उनको भनाई छ । अन्त्यमा साहीले भनिन् ‘यो बजेट खेलकूद क्षेत्रको विकास भन्दा पनि आफ्ना कार्यकर्तालाई पोस्ने र विदेश भ्रमणमा लैजाने खालको आएको छ ।’

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal