थ्रीस्टारलाई हराउँदै घरेलु टिम झापा गोल्डकपको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 399 पटक हेरिएको
  • फाइल तस्वीर

फागुन २५, काठमाडौं । ललितपुरको थ्रीस्टार क्लवलाई टाइब्रेकरमा हराउँदै घरेलुटिम झापा–११ तेस्रो झापा गोल्डकप फुटबलको फाइनलमा प्रबेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल रंगशालामा भएको खेलमा घरेलुटिम झापाले थ्रीस्टारलाई टाइब्रेकरमा ४–३ गोल अन्तरल हरायो ।

घरेलुदर्शकको साथ पाएको झापाका लागि पेनाल्टीमा कर्ण लिम्बु, भूषण लिम्बू, देवेन्द्र तामाङ र योगेश गुरुङले गोल गरेका थिए भने विश्वास श्रेष्ठको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाएका थिए ।

यता थ्रीस्टारका लागि निराजन खड्का, रजिन धिमाल र विजय धिमालले गोल गर्दा बुद्ध चेम्जोङको प्रहार बाहिरियो भने सुनील बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले बचाए ।

प्रगियोगिताको दोस्रो क्वार्टरफाइनलमा शनिबार त्रिभुवन आर्मी र मनाङ मर्स्याङदीबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey