एक्सपर्ट कलेज प्रिमियर लिगमा प्लाटिनम र माईलस्टोन कलेज विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 538 पटक हेरिएको

फागुन २५ । एक्सपर्ट कलेज प्रिमियर लिगमा शुक्रबार भएको खेलमा प्लाटिनम कलेज र माईल स्टोन कलेज विजयी भएका छन ।

प्लाटिनम कलेजले युनिग्लोव कलेजलाई ६१ रनले पराजित गर्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्लाटिनम कलेजले २० ओभरमा १५६ रनमा समेटियो । उसका लागि दिपेन्द्र भण्डारीले ५५ रन र विशाल पोदार तथा ईर्साद अक्तरले क्रमश २२ र २१ रन जोडेका थिए ।

बलिङ तर्फ यूनिग्लोब बी का द्रोर्न दौनकले ४ विकेट लिए ।

जवाफमा यूनिग्लोव बी ले २० ओभरमा ९ विकेट गुमाउदा ९५ रन मात्र बनायो । उसका लागि आयूश मरासिनीले सर्वाधिक २२ रन बनाए ।

अर्को खेलमा माईल स्टोन कलेज र ग्लेसियर कलेजलाई ३ विकेटले पराजित गर्यो ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएकोे ग्लेसियरले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ४० रन बनायो ।

उसका लागी रमेश विकले ३४ र विकेश पंडित तथा निराजन राउतले समान २२–२२ रन जोडेका थिए । बलिङ तर्फ माईल स्टोनका विरेन्द्र शाहीले २ विकेट लिए ।

जवाफमा माईलस्टोनले १८.३ ओभरमा ७ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । उसका लागी महेश शाहले सर्वाधिक ४१ रन बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey