बास्केटबल : लालीगुराँस र स्किब्स च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२६
  • |
  • 245 पटक हेरिएको

काठमाडौं, २६ जेठ । आयोजक लालीगुराँस र स्किब्सले पाँचौं लालीगुराँस कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा स्किब्स सिनियर गल्र्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले सेबलाई ३४–१४ ले पराजित गर्‍यो । लालीगुराँसका दीपेश क्षेत्रीले १८ अंक जोडे । गोल्डेनपिकले ओडिसीलाई १९–१६ ले हराउदै तेश्रो भयो । गोल्डेनपिकका विजय तामाङले ६ स्कोर गरे ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा स्किब्सले इडेन ब्रिज एकेडेमी (इबिए) ‘ए’ लाई १२–१० ले पाखा लगायो । स्किब्सकी अप्सरा पौडेलले ७ अंक जोडिन् । तेश्रो स्थानका लागि भएको खेलमा इबिए ‘बी’ ले बीएनएलाई ६–४ ले निराश पा¥यो । विजयी टिमका लागि अस्मिता विकले ४ अंक बटुलिन् ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय दीपेश र अप्सरा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा सेबका विकास डंगोल (६० अंक) तथा गल्र्समा इबिए ‘ए’ की इशा मगर (४० अंक) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । ब्वाइजमा गुहेश्वरी तथा गल्र्समा साइपाल एकेडेमीले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई तार्केश्वर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ न्यौपाने, लालीगुराँसका प्रिन्सिपल गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा पूर्व राष्ट्रिय बास्केटबल खेलाडी स्वेता खरेललाई सम्मान गरिएको थियो । जेठ २० गतेदेखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा २० तथा गल्र्समा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

पाँचौं लालीगुराँस अन्तरविद्यालय बास्केटबलको समापनमा पूर्व राष्ट्रिय बास्केटबल खेलाडी स्वेता खरेल (दायाँ) लाई सम्मान पत्र प्रदान गरिदै ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey