फ्रेन्डस तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 160 पटक हेरिएको

फागुन २५ । कास्की ११ एक शुन्य गोलले हराउँदै फ्रेन्डस क्लव बुटवलमा जारी तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा फ्रेन्डसको जीतमा जोनल ग्लोरीको एकमात्र गोल निर्णायक बन्यो । खेलको २८ औं मिनेटमा जोनलले एकल प्रयासमा गोल गर्दै फ्रेन्डसलाई अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको फ्रेन्डसले दोस्रो हाफमा पनि केहि राम्रा मुभ बनाएपनि थप गोल गर्न सकेन भने कास्कीले पनि खेलमा फर्कने मौका सिर्जना गर्न सकेन । जसका कारण फ्रेन्डसले अन्तिम आठमा स्थान बनायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey