वेस्टर्न ओपन गल्फको उपाधि धनबहादुरले जिते

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 190 पटक हेरिएको

फागुन २५, कास्की । वेस्टर्न ओपन गल्फको उपाधि धनबहादुर थापाले जितेका छन् । करिअरको दोस्रो उपाधि जित्ने क्रममा धनबहादुरले नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्लेअफको अतिरिक्त दोस्रो होलमा पराजित गरेका हुन् ।

अन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोड्दा दुवै समग्रमा ६ ओभर २१६ को नतिजामा टाई भएका थिए ।

अन्तिम १८ होलको खेल सुरू गर्दा शिवराम लिडर जयराम भन्दा ५ स्ट्रोकले पछि थिए । दुई दिनसम्म अग्रता बनाएका जयरामले अन्तिम दिनको खेल सुरुआतदेखि नै बिगार्दा उपाधीका लागि शिवराम र धनबहादुरबीच प्रतिस्पर्धा भएको थियो ।

शिवरामले पाँचौ होलको बोगीका विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाईन ईभन पार ३५ मा सकाए । धनले पाँचौ होलमा बर्डी प्रहार गरे पनि सातौ होलको बोगी र नवांै होलको डबल बोगीले फ्रन्ट नाइन २ ओभर ३७ मा पूरा गरे ।

फ्रन्ट नाइन सकिँदा शिवराम १ स्ट्रोकले अगाडि थिए । दशौंै होलमा शिवरामले इगलको सफलता प्राप्त गर्दा धनले पार खेलेसँगै शिवरामको अग्रता ३ स्ट्रोकमा पुग्यो । १२औं होलमा शिवरामले बोगी खेपे भने धनले पनि १५औं होलमा एक सट खेर फाल्दा अन्तिम तीन होलको खेल बाकी छँदासम्म शिवराम ३ स्ट्रोकको अग्रतासहित उपाधीको नजिक पुगिसकेका थिए ।

तर धनले १६आंै र १७औं होलको बर्डी अनि १७औं होलमा शिवरामले बोगी प्रहार गर्दा खेल बराबरीमा पुग्यो । १८औं होल दुवैले पार खेले र ५४ होलको समाप्तीमा दुई खेलाडीले ६ ओभर २१६ जोडे पछि खेल प्ले अफमा पुग्यो ।

पहिलो अतिरिक्त होलको प्ले अफमा दुवैले पार खेले । दोस्रो अतिरिक्त होलको प्ले अफमा शिवरामले बोगी खेल्दा धनले पारमा बाजी मारे ।

३ ओभर ७३ अंक जोडी समग्रमा ९ ओभर २१९ को नतिजामा भुवन नगरकोटी तेस्रो भए । दुई दिनका लिडर जयरामले बिर्सनलायक १२ ओभर ८२ अंक जोडदा १३ ओभर २२३ को नतिजामा भु बहादुर गुरूङसँग चौथो स्थान बाँडे ।

यता एमेच्योरतर्फ २२४ अंकका साथ ९ स्ट्रोकको फराकिलो अन्तरमा लोकल गल्फर अजित बिकेले करियरको पहिलो उपाधी जिते । काउन्ट ब्याकमा २३३ अंकसहित सुरेश तामाङ दोस्रो भए ।

करियरको तेस्रो उपाधी जितेका धनले नगद १ लाख १५ हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो भएका शिवरामले ७४ हजार र तेस्रो भएका भुवनले ५३ हजार प्राप्त गरे ।

सर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगितामा २६ प्रो र १७ एमेच्याेर गरी ४३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । शनिवार प्रो याम प्रतियोगिता हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey