फुटसलको उपाधी पब्लिक ज्ञानज्योतिलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२५
  • |
  • 266 पटक हेरिएको

दाङको तुलसीपुरमा संचालित अन्तर बिद्यालय स्तरिय फुटसल प्रतियोगितामा २०७६ को उपाधी पब्लिक ज्ञानज्योती तुलसिपुरले हात पारेको छ । तुलसिपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको फाईनलमा गोरखा माबी तुलसिपुरलाई सुन्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञानज्योतिले उपाधी उचालेको हो ।

उसले उपाधी सगै नगद १५ हजार, ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो् । फाइनलमा पराजित गोरखा भने उपबिजेतामा चित्त बुझाउदै नगद १० हजार,ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्यो् । उल्लेख्य दर्शकका बिच भएको रोमाञ्चक अनि शानदार खेलको पहिलो हाफ्मा गोल रहित बराबरी भएपनी दोस्रो हाफ्को सुरुवातमै पब्लिक ज्ञानज्योतिका जर्सी न ७ का हरि बुढामगरले पहिलो र १२ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २-० को जित दिलाउन सफल भए ।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री शिवहरी शर्मा र प्रकाश बिश्वकर्मा रहेका थिए । बिधालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रका निजि तथा सामुदायिक बिधालय गरि २० टिमको सहभागिता रहेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey