श्रीमतीले लगाएको आरोपका कारण भारतीय बलर सामीको करियर धरापमा
- नेप्लेज
- |
- २०७४-११-२५
- |
- 191 पटक हेरिएको
फागुन २५ । आफु माथि दुर्ब्यवहार गरेको र परस्त्रीसँग अनैतिक सम्बन्ध राखेको भन्दै श्रीमतीले उजुरी गरेपछि भारतीय तिब्र गतिका बलर मोहम्मद सामीको सम्झौता भारतीय क्रिकेट बोर्डले तत्कालका लागि स्थगित गरेको छ ।
सामीकी श्रीमती हसिन जाहानले आफुबाहेक आफ्ना श्रीमान अरु स्त्रीसँगपनि अनैतिक सम्बन्ध राखेको र आफुलाई हिंसा गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा बोलेपछि यतिबेला सामीका बारेमा विभिन्न समाचार बाहिर आएका छन ।
यसको यथार्त के हो भनेर अनुसन्धान भइरहेको छ । जसका कारण बिसीसीआईले आफना सम्झौतामा रहेका खेलाडीको सुचिबाट सामीको नाम हटाएको छ ।
अनुसन्धानपछि आएको रिपोर्टका आधारमा सामीको सम्झौताका विषयमा बिसीसीआईले विचार गर्नेछ ।
आफनै श्रीमतीले लगाएको आरोपमा सामीले सत्यता नभएको र आफु र आफनो खेल जीवनलाई बर्बाद गर्न सड्यन्त्र रहेको प्रतिक्रिया दिएका छन ।
२७ बर्षे सामीले २०१४ मा हसीन जहानसँग विहे गरेका थिए ।
घरेलु क्रिकेटमा बंगालको प्रतिनिधित्व गर्ने सामीले अहिलेसम्म राष्ट्रिय टिमको जर्सिबाट ३० टेष्ट, ७ टी–२० र ५० एकदिवसिय खेल खेलेका छन । जसमा उनले ३० टेष्टमा १ सय १० विकेट लिएका छन ।