अन्तर्राष्ट्रिय किक बक्सिङमा नेपाल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-२१
  • |
  • 242 पटक हेरिएको

काठमाडौं, २१ जेठ । अन्तर्राष्ट्रिय खुल्ला किक बक्सिङमा नेपाल टिम च्याम्पियन भएको छ ।

त्रिपुरेश्वरमा भएको प्रतियोगितामा नेपालले १८ स्वर्ण पदक जित्दै च्याम्पियन बन्न सफल भयो । यसैगरी १२ स्वर्ण जितेको भारत दोस्रो स्थानमा रहेको पाकिस्तानले तीन स्वर्ण र बंगलादेशले ४ वटा स्वर्ण पदक हात पारे । राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गरेका थिए ।

बिजेता टिम तथा खेलाडीहरुलाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेशलगाएतका देशबाट ३ सय बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट अन्तर्राष्ट्रिय लाइसेन्स लिएका दिवान श्रेष्ठ, देवराज श्रेष्ठ, एशियन मेडलिस्ट निकेश श्रेष्ठ, एकेएफमा सहभागिता जनाएकी सुनीता श्रेष्ठ र नेप्लेज डटकमका सल्लाहकार श्याम चित्रकार समेत सम्मानित भएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey