दोस्रो टी-२० खेलमा भारत ६ विकेटले विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 359 पटक हेरिएको

श्रीलंका, बंगलादेश सम्मिलित त्रिकोणात्मक टी–२०सिरीजको दोस्रो खेलमा भारतले बंगलादेशलाई ६ विकेटले हराएको छ ।

कोलम्बोमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३९रन बनायो । उसका लागि लिटोन दाशले ३४ तथा सब्बिर रहमानले ३० रन बनाए । यस्तै मुस्फिकुर रहमानले १८ र तमित इक्वालले १५ रनको योगदान गरे ।

जवाफमा भारतले १८ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नियतिम कप्तान विराटकोहली र महेन्द्रसिंह धोनीलाई आराम दिएको भारतको जितमा शिखर धवनले ५५ तथा सुरेश रैनाले २८ रन बनाए । यस्तै मनिश पाण्डेले २७ र रोहित शर्माले १७ रन जोडे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey