Prabhu Bank

रसियन क्लव मस्कोको पोस्टमा एथ्लेटिको मड्रिडको ३ गोल

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 0 पटक हेरिएको

युरोपा लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा एथ्लेटिको मड्रिडले रसियन क्लव लुकोमोटिभ मस्कोलाई तीन शुन्यले पराजित गरयो ।

गएराति नै भएको अर्को खेलमा एथ्लेटिको क्लवले लुकोमोटिभ मस्कोलाई तीन शुन्यले पराजित गर्यो । घरेलु लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोले मस्को विरुद्ध खेलको २२ औ मिनेटमा पहिलो गोल गरेको थियो ।

उसका लागि सिउलले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको एथ्लेटिकोले ४७ औ मिनेटमा डिएगो कोस्टाको गोल मार्फत अन्तर दुई शुन्यमा पुरयायो ।

त्यसपछि ९० औ मिनेटमा कोकीले एथ्लेटिकोका लागि तेस्रो गोल गरे । यो जितसंगै एथ्लेटिकोको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेगमा एथ्लेटिकोले घरेलु मैदानमा खेल्नेछ ।

भर्खरै

Advertisement