युरोपा लिगमा आर्सनलको महत्वपूर्ण जित, एसी मिलान २ गोलले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 156 पटक हेरिएको

युरोपा लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले महत्वपुर्ण जित हात पारेको छ । घरेलु लिगमा लगातारको हारपछि प्रशिक्षक विङगरको चर्को आलोचना भएका बेला आर्सनलले युरोपा लिगमा सुखदको स्वास फेरेको छ ।

आर्सनलले एसी मिलानलाई उसकै मैदानमा दुई शुन्य हरायो । प्रिमियर लिगमा लगातार चार खेलमा हार ब्यहोर्दै निकै आलोचित बनेको आर्सनलले आफनो हारको यात्रालाई पुर्ण विराम दिन सफल भयो ।

क्लवको समस्यालाई एकातिर राख्दै आर्सनलको जितमा हेनरीक मिखितारेन र आरोन राम्सेले एक एक गोल गरे । २२ बर्ष क्लवको प्रशिक्षक बनेका आर्सने विङगरको राजिनामाको हल्ला पछि क्लवले सुखद नजिता निकाल्न सफल भयो ।

जसमा खेलको १५ औ मिनेटमा हेनरीकको गोल मार्फत आर्सनलले खेलमा अग्रता बनायो । उनले मेसुत ओजिलको पासको सदुपयोग गरेका थिए ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा पुन मेसुत ओजिलको पासमा नै आरोन राम्सेले टिमका लागि दोस्रो गोल गरे । तर त्यसपछि एसी मिलान खेलमा फर्कन सकेन र आर्सनलले पहिलो लेगमा दुई शुन्यको अग्रता बनायो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey