Mega Bank
Prabhu Bank

अन्तर संघ फुटसलको उपाधि टेवलटेनिसलाई

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 105 पटक हेरिएको

फागुन २४, काठमाडौं । नेपाल टेबल टेनिस संघले सुनिल लाल जोशी स्मृति अन्तर संघ आमन्त्रण फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

खुशीबुँस्थित रिभर फिल्ड फुटसलमा बिहीबार भएको फाइनलमा टेवल टेनिसले जिल्ला खेलकुद संघ भक्तपुरलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

उपाधिसँगै टेबल टेनिसले ५० हजार रुपैयाँ प्राप्त पायो भने दोस्रो भएको भक्तपुरले ३० हजार पुरस्कार पायो ।

भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं दक्षिण एसियाली खेलकुद (साग) का पदकधारी सुनिल लाल जोशीको स्मृतिमा नेपाल खेलाडी तथा प्रशिक्षक संघको आयोजना गरेको प्रतियोगितामा विभिन्न २० संघले सहभागिता जनाएका थए ।

 

भर्खरै

Advertisement