भलिबल : सेव र न्युटन क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१८
  • |
  • 448 पटक हेरिएको

काठमाडौं १८ जेठ । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र न्युटन हाई स्कुल राजधानीमा जारी प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय-कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा शननिबार भएको खेलमा सेवले एन्जल्र्स हर्ट कलेजलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो । सेवले पहिलो सेट १५–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट २५–१९, २५–२२ र २५–१३ ले सहजै आफ्नो बनायो । शनिबारै भएको अर्काे खेलमा न्युटन हाई स्कुलले ग्ल्यासियर इन्टरनेसनल कलेजलाई २५–१७, २५–२० र २५–२० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भयो ।

सिद्धार्थ मल्टिपल क्याम्पसले नेरिक हाई स्कुलमाथि ३–१ को जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । शुरुको सेट २३–२५ ले गुमाएपनि त्यसपछिको सबै सेटमा सिद्धार्थले २५–१९, २५–२३ र २५–१७ ले नेरिकलाई पाखा लगायो ।

जनप्रभात मावि कालकोटले लक्ष्मी मावि बाग्लुङलाई २५–२०, १९–२५, २८–२६ २५–२१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनायो । विद्यामन्दिर मावि बाग्लुङले जानकी मावि चितवनलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भयो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट विद्यामन्दिरले २६–२४ ले जितेको थियो । दोस्रो सेट २५–१५ ले सहजै जितेको विद्यामन्दिरले तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पार्‍यो ।

थ्री स्टार एकेडेमी र लालीगुराँस नेसनल एकेडेमीबीचको खेल वर्षाका कारण रद्ध बन्यो । शुरुका दुवै सेट थ्री स्टारले आफ्नो पक्षमा पारेपनि वर्षाका कारण खेल रोकिएको थियो ।

२१ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा देशैभरबाट ५३ विद्यालयहरुको सहभागिता रहेको छ । सहभागी टोलीलाई १६ समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैया हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५–५ हजार पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey