फुटबल : प्राक्टिस क्वाटरफाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१८
  • |
  • 439 पटक हेरिएको

 

प्राक्सिटस ईन्टरनेशनल एकेडेमि प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरेको छ । प्राक्टिसले विपुल शिक्षा निकेतन माथि ४ – ० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको हो । प्राक्टिसका लागि नितेश राई र दिपेश तामाङ्गले समान २ । २ गोल गरे ।

काठमाडौं विनायक शिक्षालय (केभीएस) को आयोजनामा सानोगौचरणमा भइरहेको प्रतियोगितामा शनिबार नै भएको प्रतियोगिताामा अर्किड पिपुल एकेडेमीले पनि जित निकाल्यो । अर्किडले आकश चौधरी, दिपेश बुढाथोकी र सुगम सुनुवारको गोल मद्धतले भेनस ईङ्गिलिस स्कुलमाथि ३ । १ को जित हात पा¥यो । भेनसका लागि दोश्रो हाफमा धिरजले गोल गरे ।

यस्तै शनिबारै भएको अर्को खेलमा नोवल एकेडेमी र एजिएमले एक एक गोलको बराबरी खेले । नोवलका सागर खड्का र एजिएमका रन्जन यादवले आफ्ना टिमका लागि गोल गरे ।

यसैगरि प्रष्फुटन र पायोनियरले पनि एक एक को बराबरी खेले । प्रस्फुटनका लागि प्रज्वलराईले पेनाल्टी मार्फट गोल गर्दै अग्रता दिलाएका थिए । दोश्रो हाफमा पायोनियरका करण तामाङ्गले गोल फर्काउँदै टोलीलाई बराबरीमा ल्याए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey