सुदुरपश्चिमलाई हराउँदै रुपन्देही तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 271 पटक हेरिएको

फागुन २४ । सुदुरपश्चिम ११ लाई हराउदै आयोजक रुपन्देही ११ तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा रुपन्देहीले सुदुरपश्चिमलाई २–० गोलले हरायो । उसको जितमा दुबै गोल निशान लिम्बुले गरे ।

घरेलु दर्शकमाझ भएको खेलको आठौ मिनेटमा रुपन्देहीले पनाल्टीको अवसर पायो । जसलाई निशान लिम्बुले गोलमा परिणत गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रुपन्देहीले ८५ औ मिनेटमा दोस्रो गोल गर्यो । यसपटक पनि निशानले अशोक थापाको पासमा गोल गर्न सफल भए ।

कुल १० टिमका सहभागिता रहेको प्रतियोगिताको विजेताले सात लाख ७७ हजार रुपैया प्राप्त गर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey