वेष्टर्न अाेपन गल्फमा जयरामकाे अग्रता कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 206 पटक हेरिएको

फागुन २४, कास्की । वेष्टर्न ओपन गल्फको दोस्रो दिन जयराम श्रेष्ठले अग्रता लिएका छन् । पोखराको हिमालयन गल्फ कोर्समा भएको दोस्रो दिनको खेलमा अमेच्योर खेलाडी अजित विक र धनबहादुर थापाविरुद्ध ४ स्ट्रोकको अग्रता बनाएका हुन् ।

बिहीबार इभनपार ७० अंकको कार्ड बनाउँदै समग्रमा १ ओभर १४१ स्कोर गरेका छन् । करियरको पहिलो उपाधि जित्ने लक्ष्यमा रहेका जयरामले फ्रन्ट नाइनमा १ अण्डर ३४ स्कोर गर्नका लागि पाँचौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे ।

अमेच्योर तथा लोकल गल्फर अजित विक र धनबहादुर थापा समग्रमा ५ ओभर १४५ अंकका साथमा संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।

नेपाल नम्बर १ शिवराम श्रेष्ठ, भुवन नगरकोटी र भुबहादुर गुरुङ ६ ओभर १४६ अंकका साथमा संयुक्त रुपमा चौथो स्थानमा छन् ।

कुल ६ लाख ३० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १५ हजार जित्नेछ भने दोस्रो हुनेले ७४ हजार र तेस्रो हुनेले ५३ हजार पाउनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey