कराते  : नेपाल टिम च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१७
  • |
  • 328 पटक हेरिएको

नेपालले १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले २८ स्वर्ण, २८ रजत र २५ कांस्य जित्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा दोश्रो भएको भारतले १९ स्वर्ण हात पार्‍यो । तेश्रो स्थानको बंगलादेशले २ रजत र १ कांस्य प्राप्त गर्‍यो ।

नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा सरोज दाहाल र महिलामा सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey