फुटसल : गुरुकुललाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१७
  • |
  • 202 पटक हेरिएको

गुरुकुल एफसीले चौथो रियो एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

क्याम्पियन एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा गुरुकुलले कीर्तिपुरलाई ७–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि सन्दिप केसी र आयुश लामाले ह्याट्रिक गरे भने सुनील भण्डारीले १ गोल गरे । उपाधिसंगै गुरुकुलले ५० हजार तथा कीर्तिपुरले ३० हजार नगद पुरस्कार हात पारे ।

एसओएसका उत्तम शाही उत्कृष्ट खेलाडी घोषित भए । गुरुकुलका विजय पुन मगर उत्कृष्ट गोलरक्षक चुनिए भने कीर्तिपुरका स्वर्णिम श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । स्वर्णिमले प्रतियोगिताभर १४ गोल गरे ।

तीनैले समान ५–५ हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय फुटबलर भरत खवासले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ १२ गतेदेखि सुरु प्रतियोगितामा ३१ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal