सागका लागि ७ खेलका राष्ट्रिय टिमकाे प्रशिक्षणकाे सुरू, बजेटका कारण सबैकाे तयारी हुन सकेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१५
  • |
  • 373 पटक हेरिएको

नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद सागका लागि पहिलाे चरणमा सात खेलका ६८ खेलाडीले राष्ट्रिय टिमकाे प्रशिक्षणमा सहभागिता जनाउने भएका छन ।

राष्ट्रिय खेलकुद परिषद राखेप अाज अाैपाचरिक उद्घाटन गर्दै सात खेलका खेलाडीलाइ भोलीबाट प्रशिक्षणमा राख्ने भएकाे छ । जसमा स्क्वास, जुडो, भारोत्तोलन, पाराग्लाईडिङ, आर्चरी, सुटिङ र टेबलटेनिस खेल रहेका छन । २७ खेल सागमा समावेश भएपनि बाँकि खेलहरूकाे प्रशिक्षण चाँडै हुने परिषद्ले जनाएकाे छ । पहिलाे चरणमा बजेट हरेरे सात खेलकाे प्रशिक्षण सुरू गरेकाे परिषद्ले बताएकाे छ ।

अरू २० खेलमा कराते र तेक्वान्दाेमा खेलाडी छनाेटमा समस्या रहेकाले अहिले तयारी हुन सकेन भने अरू खेलकाे टुंगाे लाग्दै गरेकाे समेत बताइएकाे छ । सागका लागि खेलाडीकाे अन्तिम छनाेट भदाैमा हुने राखेप च्याम्पियनसिपबाट हुनेछ । राखेपकै अायाेजनामा भदाैमा याे प्रतियाेगिता हुन लागेकाे छ ।

याे प्रतियाेगितामा अाठाैंमा राम्राे प्रदर्शन गर्ने खेलाडीलाइ सहभागि गराइनेछ । राखेपले यसअघि भएकाे लुम्बिनी च्याम्पियनसिपकाे स्थानमा राखेप च्याम्पियनसिप गर्न लागेकाे हाे । जसबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले सागमा सहभागिता गर्न पाउनेछन ।

 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey