नेपालले स्कटल्याण्डलाई दियो १५० रनको लक्ष्य

0

आइसीसी विश्वकप छनोट अन्तर्गत समुहको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई एक सय ५० रनको झिनो लक्ष्य दिएको छ ।

जिम्बावेको बुलायाओ स्थित क्विन्स स्पोर्टस क्लवमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभर ४ बलमा एक सय ४९ रनमा अलआउट भयो । नेपालका लागि चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान पारसले सर्वाधिक ६३ रन बनाए ।

लिष्ट ए मा एक हजार रन पुरा गरेका पारसको यो सातौ अर्धसतक हो । आजपनि नेपालले सुरुवात निकै खराव गर्यो । ओपनर ज्ञानेन्द्र मल्ल मात्र एक रनमा आउट भएपछि नेपालले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो ।

त्यसको लगत्तै नेपालले ११ रनमा दुई विकेट गुमायो । नेपालकका अर्का ओपनर दिलिप नाथ पनि मात्र चार रनमा आउट भए । त्यसपछि क्रिजमा आएका दिपेन्द्रसिंह ऐरी पनि मात्र १ रनमा आउट भएपछि नेपालले १४ रनमा तेस्रो विकेट गुमायो ।

लगत्तै भरपर्दा ब्याट्सम्यान शरद भेषवाकर पनि खाता खोल्न नपाउदै आउट भएपछि नेपालले १४ रनमै ४ विकेट खेर फाल्यो । नेपाली टिमका कप्तान पारस खड्काले नौ रन जोडसंगै लिष्ट ए मा एक हजार रन पुरा गरेका छन ।

तर नेपालको स्कोर ३९ रन हुदा ५ विकेट गुमायो । आरिफ शेख मात्र दुई रनमा आउट भए । तर नेपालका स्कोर ८१ रन हुदा नेपालले छैटौ विकेट खेर फाल्यो ।

सोमपाल कामी १८ रनमा पेभेलियन फर्किए । उनले पारससँग मिलेर ४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६३ रनको योगदान गरे । तर नेपालको एक सय रन हुदा पारस पनि आउट भए ।

नेपालको स्कोर एक सय १७ रन हुदा रोहित कुमार पौडेल ब्यक्तिगत १५ रनमा आउट भए । जसका कारण नेपालले आठौ विकेट गुमायो । त्यसपछि सन्दिप लामिछाने ६ रनमा आउट हुदा नेपालले नौ विकेट गुमायो । नेपालका लागि बसन्त रेग्मीले २४ रनको योगदान गरे ।

Post Add 1025X115
Loading...