खेलकुद मन्त्री र सदस्य–सचिव सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१४
  • |
  • 126 पटक हेरिएको

नेपाल वादोरियो कराते डो संघले युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलाई मंगलबार सम्मान गरेको छ ।

खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएवापत संघको आयोजनामा सुरु चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई सम्मान गरिएको हो ।

सोही अवसरमा नवौं सागका स्वर्णधारी कुशल श्रेष्ठलगायत पनि सम्मानित भए । उनीहरुलाई नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

पहिलो दिन महिला ४५ केजीमा अस्मिता तामाङ र आशा श्रेष्ठ, पुरुष खुलामा राजु बुढाथोकी र सन्तोष श्रेष्ठ तथा पुरुष ५५ केजीमा राजकुमार श्रेष्ठ र एलोन श्रेष्ठ सेमिफाइनलमा पुगे ।

सेमिफाइनलमा पुग्ने सबै खेलाडी नेपालका हुन् । बुधबारसम्म चल्ने प्रतियोगितामा ४ सय ४५ खेलाडीले २३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey