Untitled

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१४
  • |
  • 164 पटक हेरिएको

काठमाडौं, १३ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतियोगितामा समावेश विभिन्न ६ खेलका सम्बन्धित प्रशिक्षकलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सीमित श्रोत र साधनका बावजुद नेपाली खेलाडीले उल्लेख्य सफलता हासिल गरिरहेको बताउदै प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले कम उमेरका बालवालिकाबाट क्षमतावान खेलाडीको पहिचान गर्न सहज होस् भनी परिषद्ले गत वर्षदेखि चिल्ड्रेन गेम्सको सुरुआत गरेको बताए ।

प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, एथलेटिक्स, टेबलटेनिस र कबड्डीमा प्रतिस्पर्धा भइरहेको छ । पहिलो संस्करणमा ४ खेलमा प्रतिस्पर्धा भएकोमा यो संस्करणदेखि टेबलटेनिस र कबड्डी थप गरी खेल संख्या ६ पु¥याइएको हो ।

ब्वाइज १ सय मिटर दौडमा प्रदेश १ का सुशील वली पहिलो भए । उनले निर्धारित दूरी ११.४४ सेकेन्डमा पूरा गरे । प्रदेश ५ का तुल्सीराम थारु दोश्रो तथा प्रदेश २ का अभिनाश सहनी तेश्रो भए । सोही स्पर्धाको गल्र्समा प्रदेश ६ की शैष्ना सिर्पाली १३.३० सेकेन्डमा दूरी तय गर्दै शीर्ष स्थानमा रहिन् । प्रदेश २ की रोशना पोखरेल दोश्रो तथा प्रदेश ५ की रेशु थारु तेश्रो भए ।

ब्वाइज लङजम्पमा प्रदेश ५ का सुदीप थारु पहिलो, प्रदेश २ का नितेशसिंह दनुवार दोश्रो तथा गण्डकी प्रदेशका जयन्त प्रकाश तेश्रो भए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey