थेम्स प्रिमियर लिगमा घरेलु टिमको विजयी शुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१३
  • |
  • 221 पटक हेरिएको

ललितपुर, १३ जेठ । थेम्स प्रिमियर लिग क्रिकेट प्रतियोगितामा आयोजक टिमले विजयी सुरुआत गरेको छ । पुल्चोक मैदानमा सोमबार भएको पहिलो खेलमा थेम्स इन्टरनेशनल कलेजले किंग्स कलेजलाई ९४ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको थेम्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । थेम्सका लागि सरोज यादवले नट आउट ६९ रन बनाउँद्या श्रृजन भण्डारीले ३१ रनको योगदान गरे ।

किंग्स कलेका निखिल यादवले ३ विकेट हात पारे । १५५ रनको लक्ष्य पछ्याएर जवाफी मैदानमा उत्रिएको किंग्स कलेज ६० रनमा समेटिएका थियो । किंग्सका लागि निखिल यादवले सर्वाधिक २९ रनको योगदान गरे । किंग्सलाई सस्तैमा समेट्न आयुसले सर्वाधिक ५ विकेट लिए भने पारस अधिकारीले ३ विकेट हात पारे ।

पाँच विकेट लिएका पारस म्यान अफ दी म्याच घोषित भए ।

२० गतेसम्म चल्ने प्रतियोगितामा ८ टिमका सहभागिता रहेका छ । ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै समूहका शीर्ष २ टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal