पारसको लिस्ट ‘ए’ मा साताैं अर्धशतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 183 पटक हेरिएको

२३ फागुन, काठमाडौं । आईसीसी एकदिवशीय विश्वकप छनोटमा नेपाली कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् ।

जिम्बावेको बुलावायोस्थित क्वीन्स स्पोर्टस क्लवमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निक्कै खराव सुरुआत गरेको थियो ।

२५.५ अाेभरमा उनले स्कटल्याण्डका अालासदिर इभान्सको बलमा १ रन लिएर अर्धशतक पूरा गरेका हुन् ।

दोस्रो ओभरको पहिलो बलमै उपकप्तान तथा ओपनर ज्ञानेन्द्र मल्ल बोल्ड आउट भएपछि क्रिजमा आएका कप्तान पारसले तर, कप्तान पारस खड्काले ६८ बलमा अर्धशतक पूरा गरेका छन् । जसमा ८ चाैका सामेल छ ।

सुरुआतमै ५ विकेट गुमाएर धर्मराएको नेपालको इनिङ कप्तान पारसले संहालेका छन् । २४.१ अाेभरमा साेमपाल कामी दुर्भाग्यबस रन अाउट भएपछि क्रिजमा राेहित कुमार पाैडेल अाएका छन् । साेमपालले ५४ बलमा २ चाैकासहित १८ रन बनाए ।

नेपाली कप्तान पारस खड्काको यो सातौं लिस्ट ए अर्धशतक हो । उनी लिस्ट ए क्रिकेटमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली क्रिकेटरसमेत हुन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey