४ वर्षे कार्यकालमा सदस्यसचिवले गर्न नभ्याएका ५ काम (भिडियो)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१२
  • |
  • 149 पटक हेरिएको

मुक्तिबाबु रेग्मी

नेप्लेज, १२ जेठ । राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल असार ९ गते सकिँदैछ ।

चार वर्षे कार्यकाल सफल भएको दावी गरेका सदस्यसचिव विष्टले आफूले आफैंलाई १०० मा ९५ अंक दिएका छन् ।

थुप्रै काम गरेको बताए पनि सदस्यसचिवलाई आफ्नो कार्यकालमा सम्पन्न गर्ने वा पूरा गर्ने लक्ष्य लिएका केहि काम सुरु गर्न नसकेकोमा पछुतो छ ।

नेप्लेजसँगको कुराकानीमा उनले मुख्य ५ काम आफूले गर्न नसकेको र आफूपछि आउने सदस्यसचिवले पूरा गर्ने अपेक्षा गरे ।

सदस्य सचिवले आफ्नो कार्यकालमा पूरा गर्न नसकेको पहिलो काम खेलकुद विश्वबिद्यालयको हो । यसबारे प्रक्रिया पनि अघि बढेको छैन ।
अर्को काम खेलकुद अस्पताल बन्न नसकेकोमा पनि सदस्य सचिवको दुखेसो छ । खेलकुद अस्पताल बनाउन नसके पनि खेलकुद क्लिनिक निर्माणको काम भइरहेको उनले बताए ।

दुई दशकदेखि हुन नसकेको कर्मचारी बढुवा प्रक्रिया सम्पन्न गर्ने सदस्यसचिवको चाहना थियो । त्यसबारे प्रक्रिया अघि बढे पनि सम्पन्न भइसकेको छैन ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका खेलाडीले मात्र भत्ता पाइरहेको अवस्थामा रजत र काश्य जितेकालाई पनि सुविधा दिने आफ्नो लक्ष्य पूरा नभएको सदस्यसचिवले दुखेसो गरे । त्यस्तै खेलाडी वीमाबारे पनि कार्यान्वयन गर्न नसकेको बताए ।

सदस्य सचिवका लागि खड्किएको अर्को कुरा चाहीँ कम्तिमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रंगशाला बनाउन नसक्नु हो । त्यसो त भएको रंगशाला उनले आफ्नो कार्यकालमा पुनर्निर्माण सम्पन्न गर्न सकेनन् ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey