लिष्ट ‘ए’ मा पारसको कीर्तिमान, १ हजार रन पूरा

0

नेपाली राष्टिय क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ‘ए’ मा एक हजार रन पूरा गरेका छन् ।

नेपाली क्रिकेट टोलीका रन मेसिनका रुपमा चिनिने पारसले लिस्ट ‘ए’ मा आज स्कटल्यान्डसँगको खेलमा ९ रन बनाउँदै यो कीर्तिमान बनाएका हुन् । ३० खेलमा पारसको २ सतक ६ अर्धसतक प्रहार गर्दै १ हजार रन बनाएका हुन् ।

जसमा ३५.२२ मा रन बनाउदा ७८.६५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका छन् । उनले १ हजार रन बनाउन ८२ चौका र ३३ छक्का प्रहार गरेका छन् ।

नेपाली क्रिकेटरमा छक्का,चौका र धेरै रन बनाउने एक्लो ब्याटम्यान हुन् । उनको बेस्ट स्कोर ११२ युएई बिरुद्ध रहेको छ । त्यस्तै सन् २०१६ काे अप्रिलमा नामिवियाबिरुद्द टियू क्रिकेट मैदानमा १०३ रनकाे शतकीय पारी खेलेका थिए ।

लिष्ट ए मा एक हजार रन बनाउने पहिलो नेपाली ब्याटम्यानको कीर्तिमान बनाउन सफल भएका हुन् । पारस लिष्ट लिए मा एक हजार पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । पारस जिम्बाबेको खेलमा यो सफलता पाउन मात्र ९ रनले चुकेका थिए ।

Post Add 1025X115
Loading...