नेपाल भर्सेस स्कटल्याण्ड: नेपाललाई चौथो सफलता

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 227 पटक हेरिएको

फागुन २४, काठमाडाैं । १५० रनको लक्ष्य पक्ष्याएको स्कटल्याण्ड विरुद्ध नेपालले ३३ रन हुँदा पहिलो विकेट लियो ।

नेपालका सन्दिप लामिछानेले म्याथ्यु क्रोसलाई १४ रनमा आउट गरे । त्यसपछि स्कटल्याण्डको स्कोर ७२ रन हुदा बसन्त रेग्मीले नेपाललाई दोस्रो सफलता दिलाए ।

उसका कलुम म्याक्लोयड १५ आउट भए । त्यसपछि सन्दिपले स्कटल्याण्डको तेस्रो विकेट लिए । त्यसपछि स्कटल्याण्डको ८७ रन हुदा ललित राजवंशीले जर्ज मुन्सेलाई १० रनमा आउट गर्दा नेपालले चौथो सफलता हात पार्यो ।

४५.१ अाेभरमा नेपालले नवाैं विकेट गुमाएकाे छ । सन्दिप लामिछाने ६ रनकाे स्काेरमा बाेल्ड अाउट भएका हुन् । नेपालले ९ विकेटकाे क्षतिमा १४३ रन बनाएकाे छ ।

क्रिजमा ललितनारायण राजवंशी र बसन्त रेग्मी छन् । अाइतबार भएकाे जिम्बावेबिरूद्दकाे खेलमा राष्ट्रिय टाेलीबाट डेब्यू गरेका ललितले पहिलाे पटक सिनियर टाेलीबाट ब्याटिङ गरेका हुन् ।

अाठाैं विकेटका रूपमा राेहित कुमार पाैडेल अाउट हुँदा नेपालले ३५.४ अाेभरमा ८ विकेट गुमाएर ११७ रन जाेडेकाे छ । राेहितले ४० बल खेलेर १५ रन बनाए ।

यसअघि साताैं  विकेटका रूपमा कप्तान पारस खड्का अाउट भएका थिए । अधर्शतक बनाए लगत्तै पारस अाउट भएका हुन् । टम साेलेकाे बलमा जर्ज मुन्सेकाे हातबाट क्याचअाउट हुनुअघि पारसले ७५ बल खेलेर ६३ रन बनाए । जसमा ९ चाैका सामेल छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे नेपालले सुरूअाती पाँच विकेट सस्तैमा गुमाएकाे थियाे । दाेस्रो र तेस्रो अाेभरमा अेापनरहरू ज्ञानेन्द्र मल्ल १ रन र दिलिप नाथ ४ रनकाे व्यक्तिगत स्काेरमा अाउट भएका थिए । त्यसपछि अाएका कप्तान पारसले एउटा एण्डबाट इनिङ उकास्ने प्रयास गरे पनि अर्काे एण्डबाट विकेट झर्ने क्रम राेकिएन ।

४.१ अाेभरमा दिपेन्द्र सिंह एेरी एलबीडब्ल्यू अाउट हुँदा नेपालले ३ विकेट गुमाएर १४ रन बनाएकाे थियाे । त्यसपछि अाएका शरद भेषावकर पहिलाे बलमै बाेल्ड भए ।

७.६ अाेभरमा अारिफ शेखलार्इ २ रनकाे व्यक्तिगत स्काेरमा गुमाउँदा नेपालकाे स्काेर ३९/५  थियाे । छैटाैं विकेटका लागि कप्तान पारस र साेमपाल कामीले ४२ रनकाे साझेदारी गर्दै इनिङ उकास्ने प्रयास गरेका थिए । २४.१ अाेभरमा साेमपाल दुर्भाग्यवस रनअाउटकाे शिकार भए । त्यसअघि उनले ५४ बल खेलेर २ चाैकाकाे सहयाेगमा १८ रन बनाएका थिए ।

प्रतियाेगिताकाे समूह बी अन्तर्गत यसअघिका दुवै खेलमा जित हासिल गरेर अात्मविश्वासी देखिएकाे स्कटल्याण्डका बलरहरू नेपाली ब्याट्सम्यानमाथि हावी हुँदा नेपालले लामाे इनिङ खेल्न सकेन।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal