चेल्सी प्रशिक्षक काेन्टे पीएसजीकाे सम्पर्कमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 174 पटक हेरिएको

फागुन २४ । च्याम्पियन्स लिगमा खराब प्रदर्शनपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन पीएसजीले वर्तमान प्रशिक्षक उनाई इम्रेको विकल्प खोज्न थालेको छ ।

पीएसजीले चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेसँग नयाँ सिजनका लागि सम्पर्क सुरु गरेको छ ।

पहिलो सिजन प्रिमियर लिगको उपाधि जिताएका कोन्टेको टिम चेल्सी यो सिजन भने शीर्ष चारमा पर्न समेत संघर्ष गरिरहेको छ । यो प्रदर्शनका कारण चेल्सीका रसियन मालिक रोमन इब्रासहिमोभिच सन्तुष्ट छैनन् । इब्राहिमोभिचको तिब्र महत्वाकांक्षका कारण चेल्सी भविष्य अर्को सिजनसम्म नरहन सक्ने अनुभव कोन्टे स्वयंले गरेका छन् ।

विश्वको सबैभन्दा महँगो फुटबल टिमको दोस्रो स्थानमा रहेको पीएसजीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने आकांक्षका साथ याे सिजन नेयमार, एम्बाप्वे जस्ता महँगा खेलाडी अनुबन्ध गरेको थियो ।

फ्रान्सको सञ्चारमाध्यमले जनाएअनुसार पिएसजीले कोन्टोका भाई जियानलुकासँग कुरा गरिसकेको र अब कोन्टेका एजेन्ट फेड्रिको पास्टोरेल्लो अर्को साता पेरिस जाने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal