टोटनहम फेरी निराश, युभेन्टस उत्कृष्ट कमब्याक गर्दै क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 172 पटक हेरिएको

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको प्रिक्वाटर फाइनलको दोस्रो लेगमा युभेन्टसले टोटेनहमलाई हरायो ।

उत्कृष्ट कमब्याक गर्दै युभेन्टसले टोटनहमलाई समग्रमा चार तीन गोलले हराउदै क्वाटर फाइनलमा पुग्यो ।

जसमा युभेन्टसले पहिलो लेगमा एक गोलले पछि परेको अवस्थामा टोटनहमलाई पछि पारेको हो । गएरातिको दोस्रो लेगमा पनि युभेन्टसले टोटनहमको एक गोलको अग्रतालाई उल्ट्यायो ।

खेलको ३९ औ मिनेटमा सोन हियुङ मिनले टोटनहमलाई अग्रता दिलाएका थिए ।

तर ६४ औ मिनेटमा गोञ्जालो हिगुइनले गोल गर्दै खेल बराबरीमा पुरयाए । त्यसपछि ६७ औ मिनेटमा पाउलो डिबालाले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई अन्तिम आठमा पुर्याए ।

युभेन्टस पछिल्लो चार सिजनमा तेस्रो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey