एपीएफ सिजनको छैटौं उपाधि नजिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 289 पटक हेरिएको

फागुन २३, पर्वत । दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि चीर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड एकेडेमीबीच प्रतिस्पर्धा हुने भएको छ ।

बुधवार पर्वत कुस्माको बडगाउँस्थित शसस्त्र प्रहरी बलको कोर्टमा भएको पहिलो सेमिफाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिसलाई ३–१ को सेटमा हरायो । न्यू डायमण्डले नेपाल पुलिसबिरुद्ध २५–१८, २१–२५, २५–२१ र २५–१९ को जित निकालेको हो ।

दोश्रो सेमिफाइनल खेलमा एपीएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा हरायो । शुरुवातदेखि नै राम्रो प्रदर्शन गरेको एपीएफले आर्मीलाई २५–९, २५–२१ र २५–२१ को सहज सेटमा हराएको हो ।

प्रतियोगिताको फाइनल खेल अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिहीबार हुनेछ ।६टोली सहभागी प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेस्रो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछिन् भने बिधागततर्फ उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, क्वीकर र सर्भरले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

जारी सिजन महिला भलिबलको फाइनलमा एपीएफ र न्यू डायमण्ड भिड्न लागेको यो सातौं पटक हो । यसबीचमा एपीएफले ५ र न्यू डायमण्डले १ उपाधि जितेका छन् । जारी सिजन एपीएफले भदौमा तीज कप, काठमाडौंमा ढोरपाटन महिला डवल लिग, चितवनको मेयर कप, बाँकेको प्रधानमन्त्री कप, काठमाडौंमै भएको एनएसटी एनभीए राष्ट्रिय क्लव भलिबलको उपाधि जितेको छ भने न्यू डायमण्डले काठमाडौंमा भएको शिवम् न्यू डायमण्ड कपको उपाधि उचालेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey