तिलोत्तमा गोल्डकप भोलिदेखि, पहिलो खेल रुपन्देही र सुदुरपश्चिमबीच हुने

0

फागुन २३, बुटवल । रुपन्देही आयोजना हुने तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिता भोलिदेखि बुटवलमा आयोजना हुँदैछ । उद्घाटन खेलमा आयोजक रुपन्देही ११ र सुदुरपश्चिम ११ बीच हुने खेल हुनेछ ।

रुपन्देही फुलबल संघको आयोजनामा बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि टिम छनोट, आर्थिक संकलन लगायतका काम सकिएको जनाएको छ ।

खेलमैदान व्यवस्थापन, एकेडेमी रंगरोगन र अस्थायी प्याराफिट निर्माण भने साझसम्म सकिने छ । ५ हजार दर्शकले हेर्न मिल्ने गरी स्थायी प्याराफिट रहेको एन्फामा ४ हजार दर्शकलाई बस्न मिल्नेगरी अस्थायी प्याराफिट निर्माण गरिएको छ ।

तिलोत्तमा गोल्डकपमा १० क्लबले सहभागिता जनाउने छन् । जसमा विभागीय टिम नेपाल आर्मी, नेपाल प्रहरी, एपिएफ , गतवर्षको डिफेन्सिड. च्याम्पियन सिएमजी शंकटा, रुस्लान थ्री स्टार, लक्ष्मी हुन्डाई मनाड., फ्रेन्स क्लब, आयोजक लाली रुपन्देही ११, रमपम झापा ११ र सुदुरपश्चिम ११ रहेका छन् ।

प्रतियोगितामा उपाधि विजेताले नगद ७ लाख ७७ हजार ७ सय ७७ हजार नगदसहित गोल्डकप पाउनेछन् । उपविजेताले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पाउने छन् । उत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइने छ ।

५ विधामा उत्कृष्ठ ५ जना खेलाडीहरुलाई समेत २२ हजार २ सय २२ रुपैयाका दरले नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।

करिब ८३ लाख खर्च अनुमान गरिएको प्रतियोगिताका लागि मुख्य प्रायोजन बुटवलको यशोदा फुड्स प्रालिले गरेको छ ।

यसवापत आयोजक टिम रुपन्देही ११ ले एक वर्षसम्म एशोदा फुड्स प्रालिका उत्पादन लाली र करेन्ट चाउचाउका नामबाट प्रतियोगितामा सहभागिता जनाउने छ । आज एक कार्यक्रमका बीच सम्झौतामा हस्ताक्षर गरी पूर्वी क्षेत्रमा करेन्ट र अन्य क्षेत्रमा लाली रुपन्देही ११ का नामबाट खेल खेल्ने सहमती गरिएको हो ।

Post Add 1025X115
Loading...