Prabhu Bank

टेलर चम्किएपछि न्युजिल्याण्डले इंग्ल्याण्डलाई हरायो

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 6 पटक हेरिएको

फागुन २३ । रोस टेलरले अविजित १८१ रनको उत्कृष्ट पारी खेलेपछि इंग्ल्याण्ड विरुद्धको चौथो एकदिवशीय खेलमा घरेलु टिम न्युजिल्याण्ड पाँच विकेटले विजयी भएको छ ।

जितसँगै पाँच एकदिवशीय श्रृङ्खलामा न्युजिल्याण्ड २–२ को बराबरी गर्न सफल भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा ३३५ रनको विशाल योगफल तयार पारेको थियो । इंग्ल्याण्डका लागि जोनी बाइस्र्ट र जो रुटले शतकीय योगदान दिए ।

ज्यासन रोय ४२ रनमा आउट हुँदा ७७ रनको स्थितीमा रहेको इंग्ल्याण्डका लागि बाइस्र्ट र रुटले दोस्रो विकेटका लागि १९० रनको साझेदारी गरेका थिए । यस क्रममा बेइस्र्टले १३८ रन बनाउँदा १४ चौका र ७ छक्का प्रहार गरेका थिए । जो रुटले पनि १०२ रनको योगदान दिए । अन्य खेलाडी भने दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।

न्युजिल्याण्डका लागि इश सोधीले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र कोलिन मुन्द्रोले २–२ विकेट हात पारे ।

३३६ रनको लक्ष्य न्युजिल्याण्डले तीन बल अगावै ५ विकेटको क्षतिमा पूरा गर्दा रोस टेलर एक्लै नायक बन्दा बने । २ रनको अवस्थामा २ विकेट गुमाइसकेको न्युजिल्याण्डले ८६ रन बनाउँदा तेस्रो विकेट गुमाएपछि दबाबमा परेको थियो ।

रोश टेलर र टम ल्याथमले चौथो विकेटका लागि १८७ रनको बलियो साझेदारी गरे । ल्याथमले ७१ रन बनाए भने रोश टेलर एक्लैले १८१ रनको योगदान दिए । यस क्रममा उनले १७ चौका र ६ छक्का प्रहार गरे ।

भर्खरै

Advertisement