१३ औं साग पूर्वाधारका कारण प्रभावित हुँदैन, बजेट ४ अर्ब माग गरेका छौं : सदस्यसचिव विष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-३०
  • |
  • 194 पटक हेरिएको

युवा तथा खेलकूदमन्त्रालयले १३ औं सागको लोगो तथा मस्कट सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले लोगो तथा मस्कट सार्वजनिक गरेका थिए ।

उक्त कार्यक्रममा उपस्थित भएका नेपाली खेलकूदको सर्वोच्च संस्था राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्य सचिव केशब कुमार विष्टले खेल पत्रकारको जिज्ञाषाको जवाफ दिँदै पूर्वाधारका कारण १३ औं साग प्रभावित नहुने प्रष्ट पारे । साथै सरकारसँग प्रतियोगिता सम्पन्न गर्नका लागि आउँदो आर्थिक वर्षको बजेटमा ४ अर्ब विनियोजन गर्न पनि माग गरेको उल्लेख गरे ।

उनको भनाई यस्तो छ । ‘१३औं सागको मुख्य केन्द्रविन्दुको रुपमा रहेको दशरथ रंगशालाको प्यारपिटको सिभिल वर्कको काम सकिएको छ । छानको काम पनि पाँच छ दिनमा तयार हुन्छ । सेन्थेटिक ट्रयाकको लाइनिङ गर्न मात्रै बाँकी छ । चिनीयाँ पक्षले १ हप्ताभित्र सम्पन्न गर्ने बताइसकेको छ । भीआईपी प्यारापिटको सिट र छाना हाल्ने कामका लागि टेण्डर भइसकेको छ । टेण्डर अनुसार खरिद पक्रियामा गइसकेको छ र समयअवधि नै हामीले असाढ मसान्तभित्र तोकेका छौं । त्यसमा ढिला भयो भने एक महिना ढिला होला । भीआईपी प्यारिपिटको बाँकी काम पनि धमाधम भइरहेको छ । धेरै ढिला भयो भने साउनसम्म जाला होइन भने असाढ मसान्त भित्र पुरा हुन्छ ।

मंसिरमा आयोजना हुने सागका लागि पूर्वाधारको सबैकाम पुरा हुन्छ । अर्को पोखराको रंगशालाको पनि टेण्डरमै असाढ मसान्त भित्र पुरा गर्ने समय सिमा तोकिएको छ । त्यसै अनुसार काम तिब्रगतिमा अघि बढाएको छ ।हामी रकम निकासा गर्न ढिला गरेकाले काममा केही सुस्तता भएको थियो हामीले तोकेको असाढ मसान्तभित्र सम्पन्न नभए साउन महिनाभित्र सम्पन्न हुन्छ ।

पोखरामा हामीले नेपालगञ्जमा बनाएको जस्तै रंगशाला बनाउन लागेका छौं । फाउण्डेशनको काम सकियो भने फिटिङ एक महिनाभित्र सम्पन्न हुन्छ । काठमाडौं र पोखराको दुईवटै रंगशाला पुरा हुन्छन् र बाँकी अरु पूर्वाधार पनि सम्पन्न हुन्छन् भन्ने हिसाबले हामी अघि बढेका छौं । १३ औं साग गेम पूर्वाधारका कारणले प्रभावित हुँदैन् । साग गेमका विषयमा ४ वटा महत्वपूर्ण निर्णय गरेका छौं । राखेपले ४ अर्वजति बजेट त सरकारसँग माग गरेका छौं । अरु देशले खर्च गरेको तुलनामा धेरै न्यून हो । यो अनुमानित हो । यसलाई मुर्तता दिनका लागि कार्यदल पनि बनाएका छौं ।’ कार्यदलको संयोजकमा राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सेना हुनुहुन्छ । राखेपका सदस्य सचिवक सदस्य, मन्त्रालयका खेलकूद हेर्ने सह सचिव, मन्त्रालयकै लेखा हेर्ने सदस्य, महालेखाका उपसचिव रहेको ५ सदस्यीय कार्यदल बनेको छ ।

२६ गते बसेको बैठकले कार्यदललाई एक हप्ताको समय सिमा तोकेको छ । त्यसैका आधारमा कार्यदलले एउटा रिपोर्ट दिन्छ । प्राविधिक काम गर्नका लागि प्राविधिक उपसमिति बनाइएको छ । यसले गेम इभेन्टदेखि विभिन्न कामहरु गर्नुपर्ने छ । खेलस्थलको तयारी सामाग्री लगाएतका विषयहरु अघि बढानका लागि परिषद्का वरिष्ठ सदस्य गंगाबहादुर थापामगरको संयोजकतत्वमा समिति बनाइएको छ ।

यसैगरी तालिम तथा प्रशिक्षण विभागका प्रमुख रिमबहादुर रानाभाट, पूर्व प्रमुख पार्थ सारथी सेन गुप्ता ‘मिठ्ठू गुरु’ नेपाल ओलम्पिक कमिटिका सिइओ सूर्यलाल श्रेष्ठ समितिमा हुनुहुन्छ । राखेपका सदस्यसचिवको संयोजकत्वमा एक्सन प्लान बनाउने गरि विभाग पनि तोकिएको छ ।

नेपालमै प्रतियोगिता आयोजना हुन लागेकाले यस पटक देश भित्रै कति पदक आउँछन् भन्ने धेरैको चासो पनि छ । त्यसका लागि बैठकले खेलाडी छनोट र उनीहरुको बन्द प्रशिक्षण लगाएतका कामहरु मिलाउने काम राखेपले नै गर्ने छ । राखेपले साग खेल्ने खेलाडीका लागि जेठको पहिलो सातादेखि बन्द प्रशिक्षण शुरु गर्ने जनाइएको छ ।

आठौं राष्ट्रिय खेलकूदमा व्यक्तिगत विधामा स्वर्ण पदक जितेकाहरुलाई पार्टनरको रुपमा रजत पदक ल्याएका सम्मलाई र टिम गेमको हकमा छनोट समितिले गरेको छनोटका आधारमा नामहरु उपलव्ध भएका छन् । खेलाडीको बन्द प्रशिक्षण सम्बन्धीत खेल संघको सुझाव अनुसार नेपाल भित्रै या वाहिर लगेर पनि गर्छौ ।

साथै सागकै लागि भन्दै राखेप च्याम्पियनसिप गर्ने पनि तयारी गरिएको छ । यसअघि राष्ट्रिय खेलकूद नभएको वर्ष आयोजना हुँदै आएकोमा यस पटक सागलाई मध्यनजर गर्दै यो च्याम्पियनसिप भदौमा गर्न लागिएको छ । उक्त च्याम्पियनसिपमा बन्द प्रशिक्षणमा रहेकालाई पनि प्रतिस्पर्धा गराउने र त्यसको नतिजाका अधारमा अन्तिम खेलाडी छनोट गर्ने तयारी गरेका छौं ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey