रसियामाथि स्थायी प्रतिबन्ध लाग्नसक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 190 पटक हेरिएको

फागुन २३ । अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ आईएएएफले रसियमाथि स्थाई प्रतिबन्ध लाग्न सक्ने जनाएको छ ।

सन् २०१५ देखि रसियमाथि आईएएएफले लगाएको प्रतिबन्ध यथावत छ । यदी रसियाले डोपिङको सम्बन्धमा सुधार गर्न नसकेमा स्थाई प्रतिबन्ध हुन सक्ने जनाएको छ ।

खेलाडीमाथि राज्य प्रायोजित डोपिङ गरेको आरोप आईएएएफले लगाइरहँदा रसियाले भने आफ्नो संलग्नता नरहेको बताउँदै आएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी वाडाले डोपिङको विषयमा तयार पारेको मापदण्ड पूरा नभएसम्म रसियामाथिको प्रतिबन्ध कायम राख्ने जनाएको छ । अब एथलेटिक्स महासंघले रसियाको एथलेटिक्स महासंघ र खेलकुद मन्त्रालयलाई बोलाएर बाँकी विषयमा छलफल गर्नेछ ।

प्रतिबन्धका कारण गत फेब्रुअरीमा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न विन्टर ओलम्पिकमा रसियले सहभागिता जनाउन नपाउँदा उसका १६८ खेलाडीले ओलम्पिकको झण्डामुनि रहेर प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिता पश्चात आईओसीले रसियाको निलम्बन फुकुवा गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey