Prabhu Bank

च्याम्पियन्स लिगमा टोटेनहम र युभेन्टस तथा म्यानचेस्टर सिटी र बसेल भिड्दै

Kelme Nepal
Mega Bank
  • नेप्लेज
  • |
  • २०७४-११-२३
  • |
  • 3 पटक हेरिएको

फागुन २३ । च्याम्पियन्स लिग अन्तर्गतनै अन्तिम १६ को दोस्रो लेगमा आज राती टोटेनहम र युभेन्टस तथा म्यानचेस्टर सिटी र बसेल बीच प्रतिस्पर्धा हुदैछ ।

वेम्बलीमा हुने खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने अनुमान गरिएको छ । पहिलो लेग दुई दुई गोलको बराबरी भएकाले दोस्रो लेगमा दुवै टोली दवावमा हुनेछन ।

पहिलो लेगमा टोटेनहमले युभेन्टसको दुई शुन्यको अग्रता उल्ट्याउदै खेल बराबरीमा ल्याएको थियो । टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनोले इटालियन च्याम्पियन युभेन्टन विरुद्ध आफ्नो टोली बहादुरीपुर्ण रुपमा मैदानमा उत्रने प्रतिकृया दिएका छन । टोटेनहमले वेम्बलीमा खेलेका पछिल्ला चार खेलमा हार बेहोरेको छैन् ।

यस्तै यो सिजन च्याम्पियन्स लिगमा अपराजित रहने तीन टिम लिभरपुल र बार्सीलोना संगै टोटेनहम पनि एक हो । समुह चरणको खेलमा टोटनहमले घरेलु मैदानमा रियल मड्रिडलाइ पनि पराजित गरेको थियो ।

पहिलो लेगमा टोटेनहमले दश मिनेटमा नै दुइ शुन्यले पछि परेपनि बांकी समयमा युभेन्टस माथि दवाव सिर्जना गरेको थियो । युभेन्टसका गोलकिपर बुफनले कठिन परिस्थितीमा जहिले पनि युभेन्टस खतरनाक हुने बताएका छन ।

युभेन्टस पछिल्ला तीन सिजनमा दुई पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । टोटेनहमले भने २०१०–११ को सिजनमा क्वाटफाइनल पुगे यता अघिल्लो चरण पार गर्न सकेको छैन् ।

अर्को खेलमा म्यानचेस्टर सिटीले इत्तिहाद स्टेडियममा बसेलसंग प्रतिस्पर्धा गर्नेछ । पहिलो लेगमा चार शुन्यको अग्रता लिएको सिटी दोस्रो लेगमा दवाव मुक्त हुने छ च्याम्पियन्स लिग अन्तर्गत इत्तिहादमा भएका पछिल्ला १२ खेलमा सिटी अपराजित छ । दुवै खेल नेपाली समय अनुसार राती साढे एक बजे सुरु हुनेछ ।

भर्खरै

Advertisement