राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा नेपाली सेनाले वर्चश्व

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२८
  • |
  • 310 पटक हेरिएको

राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपाली सेनाले वर्चश्व जमाएको छ । प्रतियोगिताको अन्तिम दिन भएको तीन विधाकै स्वर्ण आर्मीले जित्यो ।

पुरुष खुल्ला तर्फ शनी सिंह सुनारले स्वर्ण जित्दा महिला खुल्ला तर्फ मन्जु विक च्याम्पियन बनिन् । यस्तै महिलाको ५५ केजी मुनि तौल समूहमा आर्मीकी अनुपा नेपालीले स्वर्ण पदक जितिन् । पुरुष खुल्ला तर्फको फाइनलमा शनिले आर्मीकै विकास गुरुङलाई हराए । केन्द्रिय डोजोका महेश भुजेल र ओम प्रकाश शाहीले कास्य पदक हात पारे ।

महिला खुल्ला तर्फ स्वर्ण जित्नका लागि मन्जुले आर्मीकै शान्ति थापा मगरलाई हराएकी थिइन् । लुम्बिनी डोजोकी सिजन थापा मगर र सविता खानले कास्य पदक हात पारे ।

महिला ५५ केजीमा अनुपा नेपालीले कन्द्रिय डोजोकी झल कुमारी महतोलाई हराइन । प्रिति तामाङ र अनामिका थारु तेस्रो भए । प्रतियोगितामा सातै प्रदेशका ८५ पुरुष र ३८ महिला गरी एक सय २३ खेलाडीले सहभागिता जनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal